३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मुख्य खबर

२००२ पछि एसिया कपमा नेपाल, पाकिस्तान र भारतसंग खेल्ने



काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराएपछि नेपाल २१ वर्ष लामो प्रतिक्षापछि एसिया कप क्रिकेट प्रतियोगितामा पुगेको छ।

मंगलबार भएको फाइनल भिडन्तमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले २१ वर्ष लामो प्रतिक्षा टुंग्याएको हो।

यसअघि नेपालले सन् २००२ मा एसिया कपमा यात्रा गरेको थियो। यस पटक पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ।

दोस्रो पटक एसिया कपमा स्थान बनाउन सफल नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ।

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह एु मा हुनेछन्। समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

त्यसबेला नेपाल सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपका लागि छनोट भएको थियो।

तर त्यसबेला नेपाल अभागी सावित भयो। त्यसबेला दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच कार्गिल युद्ध चलेको थियो। त्यहीकारण नेपालले एसिया कपमा पुगेर पनि खेल्न पाएन।

त्यसबेला एसीसी ट्रफी फाइनल पुग्ने दुई टोली एसिया कपमा जान्थे। तर उक्त फाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो। सन् २००२ यता नेपालले एसिया कप यात्रा तय गर्न सकेको थिएन।

यस पटक पनि भारतले पाकिस्तानमा हुने प्रतियोगितामा भाग नलिने अडान लिइरहेको छ।

पाकिस्तानमा भारत खेल्न नजाने भएमा एसिया कपम संकटमा पर्ने अवस्था आएको छ।

यदि भारतले पाकिस्तान जान नमाने एसीसीले आयोजनास्थल नै परिवर्तन गर्नुपर्ने हुन सक्छ।

सन् २००२ मा जस्तै नेपाल छनोट हुँदै गर्दा एसिया कपलाई लिएर भारत र पाकिस्तानबीच विवाद चलिरहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ३८ बजे