२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

‘ज्याकी आईएम ट्वान्टी वान’ टिमले हर्क साङ्पाङलाई भेटेर गर्‍यो श्रमदान



काठमाडौं । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लाहेको चलचित्र ‘ज्याकीस् आईएम ट्वान्टी वान’ टिमले धरानका मेयर हर्क साङपाङसँग भेटघाट गरेको छ।

मोफसल प्रचारप्रसारको लागि पूर्व पुगेको टिमले शनिबार मेयर साङपाङसँग भेट गर्दै श्रमदान पनि गरेको हो। चलचित्रका मुख्य पात्र धिरज मगर, जसिता गुरुङ, चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, मिडिया कोर्डिनेर विजय आवाज लगायतले शनिबार पाइप तान्न सहयोग गरेका थिए।

श्रमदान जस्तो सामाजिक कार्यमा सरिक हुन पाउँदा आफुहरु निकै हर्षित भएको धिरज र जसिताले बताए। त्यसो त, चलचितमा धरानका युवाको कथा भएकोले पनि धरानमा पाइला टेक्दा खुशी अनुभुती भएको ‘ज्याकी’ टिमको भनाइ छ।

श्रमदानमा सहभागी बनेकोमा मेयर साङपाङले पनि चलचित्र टिमप्रति आभार प्रकट गरेका थिए। चलचित्रको टिमका अलावा सयौं युवाहरूको शनिबारे श्रमदानमा सहभागी थियो।

टिमले पूर्वका विभिन्न शहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै मिडियाकर्मीहरुसँग पनि साक्षात्कार गरेको थियो। पूर्वको प्रचारप्रसार सकाएर टिम काठमाडौं फर्किनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ४० बजे