२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

गृहमन्त्रीलाई मेयर बालेनको प्रश्नः कुन कानुनको आधारमा अवैध संरचना संरक्षण गरिरहनु भएको छ ?



काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुनीराज्य स्थापनाबारे गृहमन्त्रीलाई प्रश्न राखेका छन् ।

महानगरका अवैध संरचना हटाउन संघीय सरकारबाट सहयोग नपाएको भन्दै मेयर शाहले आफ्नो फेसबुकमार्फत् गृहमन्त्रीको आलोचना गरेका हुन् । उनी लेख्छन् ‘स्मरणका लागि ( २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो ।आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।
यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।
यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु रु कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु र?’

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : २३ बजे