३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपालको अर्थतन्त्र कसरी सुध्रन्छ ? व्यवसायी के चाहान्छन्ः अध्यक्ष कोपिलसंगको कुराकानी



कपिलवस्तुको बाणगंगाका व्यवसायीको हक र हितका लागि स्थापित उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलसँग व्यवसायीको मनोविज्ञान, संघमा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता, निजी क्षेत्रलाई लाग्ने आरोप, उद्योग क्षेत्रको वास्तविक समस्या र चुनौतीहरु, उपभोक्ता अधिकार, उद्योग व्यापार संघ कपिवस्तुका आागामी कार्य योजना लागयतका विषय वस्तुमा केन्द्रित रहेर गरिएको कुराकानीको संक्षिप्त अंश ।

तपाई हालै उद्योग ब्यापार संघ कपिलवस्तु नेतृत्वमा आउनु भएको छ, कपिलवस्तुका व्यवसायीसँग निरन्तर अन्तरक्रियामा हुनुहुन्छ, व्यवसायीको मनोविज्ञान कस्तो छ ?

तपाईहरुले देखिरहनु भएको छ हामी निरन्तर ब्यावसायीको बीचमा छौ । सम्भावना, चुनौती, समस्या र अबसरको बारेमा बुझिरहेका छौ, सहजीकरण गरिरहेका छौ । बास्तबमा अहिले स्वदेश मै केही गरौ भनेर लागेका ब्याबसायी निकै तनाबमा रहेको बुझेका छौ । यहाँ केही हुन्न भन्ने खालको मनोबिज्ञान बढेको देखियको छ । जुन हामी जस्तो आत्मनिर्भर अर्थतन्त्रको वकालत गर्नेहरुको लागि चिन्ताको विषय हो ।

यहाँको नेतृत्वमा संघमा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिताको विषयहरु बारे बताई दिनुस न ।

हामी भर्खर मात्र स्थापित भयेको हुनाले सस्थामा धेरै आर्थिक कोष छैन, तर पनि हामीले हरेक आम्दानी तथा खर्चका भरपाइहरु, बिलहरुलाई सम्पूर्ण कार्यसमितिले पास गरिसकेपछी मात्र फछ्र्यौट गर्र्छौ । त्यसैगरी गरिने कार्यक्रमहरु कार्यसमितिले निर्णय गरेर मात्र गर्ने गरेकोले हाम्रो सस्थामा आर्थिक अनुशासन र पारदर्शिता छ ।

त्यसरी नै हामीले गर्ने कार्यक्रम तथा गरिने खर्चहरुमा सम्बन्धित धेरै ठाउँमा बुझेर मात्र गर्ने हुनाले हामी कार्यसमितिले आफै मासिक लेबि उठायर संस्थागत गरेको एबम् कुनैपनी कार्यक्रममा जाँदा वा बैठक केही मा पनि कुनै इन्धन खर्च भनौ वा भत्ता वा त्यस्तो अन्य कुनै सुबिधा कसैले नलिने हुदापनी मितब्ययिता कायम छ संस्थामा ।

निजी क्षेत्रलाई एउटा आरोप लाग्छ, स्वदेशमै गरिने उत्पादनमा ध्यान नदिने, विदेशबाट आयात गर्ने मार्जिन खाने र बेच्ने ? यसले त हामी झन परनिर्भर हुँदै जान्छौं नि हैन र ?

मुख्य कुरा यहि हो , हालसम्म कृयाशील ब्याबसायिक संस्थाले यस्तै मात्र गरेकोले पनि यो कुरा आयेको हो, ब्याबसायिका नाम मा खोलियका संस्थाहरुको सात दसक लामो इतिहास भैसक्दा पनि यो देसमा औद्योगिक उत्पादन केन्द्रित ब्याबसाय भन्दा आयात गरेर ब्याबसाय गर्ने नाफा कमाउन को लागि जे पनि गर्ने ।

राज्यको नीति निर्माण देखि कर्मचारी तन्त्र, राजनैतिक नेतृत्वमा पहँुच स्थापित गरेर आफू अनुकुलका ब्याबसायिक क्रियाकलाप गर्ने र यो देशलाई परनिर्भर बनाइ ध्वस्त बनाउन उद्धत परिपाटीलाई चिर्न को लागि रास्ट्रिय पुँजीको परिचालन गर्दै रास्ट्रीय अर्थतन्त्रको निर्माण गर्ने । स्वदेशी कच्चा पदार्थमा आधारित रहि उत्पादन केन्द्रित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न को लागि हामी स्थापित भयेका हौ । हामिले यहि किसिमको जनचेतना फैलाउदै यो देसलाइ परनिर्भरबाट आत्मनिर्भर बनाउँदै संविधान ले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थतन्त्रको लागि आधार तयार गर्ने महाअभियानमा छौ ।

अहिलेको उद्योग क्षेत्रको वास्तविक समस्या के हो र चुनौतीहरु के–के हुन ? यसमा सकारी पक्षबाट कस्तो खालको पहलको अपेक्षा गर्नुहुन्छ ?

बास्तबमा अहिले देसमा औद्योगिक बाताबरण नै छैन । हामी कहाँ उपलब्ध कच्चा पदार्थ मा आधारित उद्योगहरु छैनन् । हाम्रो औद्योगिक अबस्था बढिमा कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने, प्याकेजिङ र एसेम्बलिङको मात्र छ । यस्तो औद्योगिक प्रणालीले यो देशलाइ आत्मनिर्भर बनाउन सक्दैन । सबैभन्दा ठूलो समस्या भनेको यो देशको अर्थतन्त्र केही सिमित व्यक्ति, घराना र समूहको चङ्गुलमा छ । उनिहरुको स्वार्थ अनुसार मात्र यो देसका गतिविधिहरु भैरहेका छन, जुन कुराहरू विभिन्न माध्यममा आइरहेको सबैलाइ जानकारी नै छ ।

सबैभन्दा ठूलो समस्या यहि हो । यसबाट मुक्त नहुँदासम्म यो देसमा उत्पादन मा आधारित उद्योगधन्दा स्थापित हुँदैनन । अर्को कुरा संविधानमा हामीले समाजबाद उन्मुख अर्थतन्त्र भनेका छौ तर ब्यबाहारमा अर्थनीति मौद्रिक नीति एकदमै त्यसको बिपरित पँुजीवादी भन्दापनि खतरनाक दलाल किसिम को रहेको छ, यो प्रमुख कुरा हो, त्यसैगरी खुला सिमा, भन्सार, उत्पादन लागत, झन्झटिलो र अब्याबाहारिक नितिनियम र कानुन को कारण पनि हाम्रो औद्योगिक अबस्थाले गतिलिन सकिरहेको छैन ।

संरक्षणको कुरा गर्दा उपभोक्ता अधिकारको कुरा बेला बखतमा उठने गर्छन । संघले उपभोक्ता अधिकारलाई कसरी रक्षा गर्छ ?

हामी ब्याबसायिक हकहित को कुरा गर्दा हामीले बैधानिक ब्याबसाय र ब्याबसायिक स्थाइत्वको कुरा सङ्गै जोडेका छौ , ब्याबसायी एउटा ब्याबसाय गर्दैगर्दा अर्का तिर उपभोक्ता पनि हो भन्ने कुरा नबिरसन हामी सचेत गराउँछौ । हामी ब्याबसायी केबल नाफाको लागि मात्र नभयेर सामाजिक सेवाको लागि पनि ब्याबसाय हो भन्ने कुरा हामिले प्रशिक्षित गरिरहेका छौ । हामी उपभोक्ता का हक अधिकार को कुरामा गम्भीर र सचेत छौ ।

मुलुक संघीयतामा गएपछि करका विषयमा निजी क्षेत्रको गुनासो सुनिन्छ । वास्तविकता के हो ?

यस विषयमा हाम्रो स्पष्ट धारणा छ, हामी कमायपछि तिर्नुपर्छ, राज्यलाइ योगदान गर्नपर्छ भन्ने नै हो तर त्यसको बदलामा राज्यले पनि ब्याबसायीलाइ सेवा सुबिधा दिनुपर्छ, हामीले भनेको कुरा के हो भने करका नीतिहरु दरहरु दायराहरु बैज्ञानिक हुनुपर्छ, प्रबिधि मैत्री हुनुपर्छ, डराउन दिने खालको होइन उत्साह जगाउने खालको हुनुपर्छ भन्ने हो ।

उद्योग व्यापार संघ कपिवस्तुका आागामी कार्य योजनाहरु बताइ दिनुस न  ।

हामीले हाम्रो प्रथम साधारण सभामा नै बार्षिक कार्ययोजना पारित गरेका छौ । हामिले हाम्रो क्यालेन्डर मै किटान गरेर कार्यक्रम हरुको बारेमा जानकारी गराउने भनेका छौ । ब्याबसायिक क्षेत्रहरुका लागि आबस्यक हरेक क्रियाकलाप मा प्रत्यक्ष रअप्रत्यक्ष संलग्न हुनेछौ । हामीले गर्ने हरेक क्रियाकलापहरु ब्याबसायी केन्द्रित हुनेछन । ब्याबसायिक राहत कोषको कार्यबिधी तयार हुँदैछ, कर प्रशिक्षण, ब्याबसायिक लेखा प्रशिक्षण, कर सहजीकरण, सामुहिक लगानिमा उद्यमशीलता, उत्पादन र बजारिकरणमा सहजीकरण, स्वरोजगार तालिम, कपिलवस्तु कै चिनारी र पहिचान दिने गरि औद्योगिक प्रदर्शनी लगायतका कार्यक्रमहरु पहिलो बर्षको कार्ययोजनामा समेटिएका छन ।

कतिपयले १४ औं कपिलवस्तु महोत्सवले बाणगंगामा विवाद बढ्छ भन्दै छन् समन्यवका लागि यहाँहरुको भूमिका कस्तो हुन्छ ?

हामी सबैको सम्मान गर्छौ । इतिहासमा भएका राम्रा कुराहरुको संरक्षण गर्दै अगाडि बढ्ने हाम्रो प्रतिबद्धता हो । हामी कपिलवस्तुको चिनारी, पहिचान र समृद्धिको लागि यहाँका ब्याबसायीहरुको उन्नति प्रगतिका लागि आबश्यक हरेक संघ संस्था ब्याक्ती प्रतिष्ठान सङ्ग सहकार्य गर्न तयार छौ । हामी सबैको अपनत्व महसुस हुनेगरी सहकार्य गर्छौ, हिजोको दिनमा के भयो त्यतातर्फ हामी जान चाहन्न्नौ । हिजो हामी थिएनौ जेजे ब्याबाहारिक हिसाबले भए त्यसको हामी सम्मान गर्छौ तर आज हामी शसक्त रुपमा यो क्षेत्रमा कृयाशिल छौ ।

हामीलाइ राज्यले जे गर्ने अनुमति दियको छ त्यसको आधारमा रहेर हामी महोत्सव लगाउँछौ । हामिलाइ बिस्वास छ कपिलवस्तुका जनता, संघ सस्था निकै सचेत छन् कपिलवस्तु को श्रृवृद्धि र पहिचानको सबालमा सबैको हातेमालो हुनेछ  र महोत्सव सम्पुर्ण कपिलवस्तु बासीले आफ्नो सम्झियर यसलाइ सफल बनाउनेछन भन्नेमा पूर्ण बिस्वास लिएका छौ । हामीले महोत्सव सफल बनाउन यश क्षेत्रकै दिग्गज टोपनारायण बेल्बासे, हुमनाथ पौडेल र माधाब भाट क्षेत्रीको नेतृत्वमा कोर टिम बनाएका छौ  र यो टिमले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । महोत्सव भब्य सानदार रुपमा सफल हुनेछ भन्ने बिस्वास दिलाउन चाहन्छु ।

अन्त्यमा ?

उद्योग ब्यापार संघ कपिलवस्तुको बारेमा आम ब्याबसायी तथा समस्त यो राज्यको संविधानले परिकल्पना गरेको समाजबाद उन्मुख अर्थतन्त्रका हिमायतीहरुलाइ म निवेदन गर्न चाहन्छु । स्वाधीन एबम आत्मनिर्भर अर्थतन्त्र को जग बसाल्दै समाजबाद उन्मुख अर्थतन्त्र निर्माणको महाअभियानमा हामी सङ्गै जोडियर सहकार्य गरौ ।

हाम्रो बिधानले नै देसको अर्थतन्त्र मा योगदान गर्न सक्ने हरेकलाई सदस्यता दिन सकिने ब्याबस्था छ । आम उद्योगी ब्याबसायीको साथै सहकारी, स्कुल, कलेज, सामुदायिक बन, अस्पताल जस्ता संस्थालाइ उद्योग ब्यापार संघ कपिलवस्तुमा जोडिन म विनम्र अनुरोध गर्न चाहन्छु । हामी नेता बन्न पदले प्रतिष्ठा बढाउन र बार्गेनिङ्ग गर्न आएका होइनौ । हामी आम उद्योगी ब्याबसायी सङ्गै यो समाज र देसलाइ योगदान गर्न आयेका हौ । हामी काम गर्न आयेका हौ आउनुहोस मिलेर सहकार्य गरेर अगाडि बढौ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : १३ बजे