२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

कपिलवस्तुको ओयसिस सिनेमाजमा धिरज र जसिताको एक घण्टा, केके गरे ?



वाणगंगा । नायक धिरज मगर र नायिका जसिता गुरुङ पहिलोपटक कपिलवस्तु आएका छन् । वैैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ज्याकी आई एम ट्वान्टी वान चलचित्रको प्रमोसनको लागि चलचित्र टोली देशदौडाहामा छ । त्यसै अनुसार नायक मगर र नायिका गुरुङ वाणगंगा नगरपालिकास्थित ओयसिस सिनेमाज चार नम्बरमा शनिबार आएका हुन् । मोफसल प्रचार अभियान अन्तर्गत शुक्रबार बुटवलमा दर्शकसँग भेटघाट गरेका उनीहरु शनिबार विहान ओयसिस सनेमा आएका थिए । यहाँ उनीहरुले १ घण्टा समय विताए ।

चलचित्र टोली आउने थाहा पाएपछि जसिता र धिरजका फ्यानहरु उपहारै लिएर चलचित्र हलमा आएका थिए । एक घण्टाको समयावधिमा उनीहरु दर्शकसंगै रमाउँदै हलको पनि नीरिक्षण गरेका थिए ।  हलको नीरिक्षण गर्दै उनीहरुले संचालकको तारिफ गरे । राजधानीबाहिर कपिलवस्तु जस्तो ठाउँमा यस्तो हल बन्नु यहाँका दर्शकको लागि सौभाग्य नै भएको धिरज बताउँछन् । विहान ९ बजे सिनेमाजमा आएका उनीहरुले दर्शकलाई भेट्नु अघि मायादेवी रिसोर्टमा पुगि चियाकफी खाएका थिए ।

जसिताले पनि हलमा फोटो खिचिन् । फ्यानहरुलाई समय दिइन् । कुराकानी गरिन् । गर्र्मी भए पनि दर्शकसंग भेट्न पाउँदा उनीहरुले मतलब गरेनन् । पत्रकारसंग पनि चलचित्रबारे छोटो कुुराकानी गरे ।

फिलिम युवापुस्ताले रुचाउने खालको रहेको पत्रकारसंग धीरज बताउँछन् । आफ्नो नृत्य सपना पुरा गर्न नायकले केकेसम्म गर्छ त्यसलाई कथाले टिपेको धीरजको भनाई छ । उनका अनुसार यो चलचित्र नेपालकै पहिलो डान्स ड्रामा हो । नायिका जसिता पनि यो मुभि अन्य मूभिभन्दा फरक भएको र आफूलाई विशेष लागेको बताउँछिन् । यो चलचित्रले दर्शकलाई मनोरञ्जनसंगै लक्ष्यमा डटेर लाग्न प्रेरणा दिने गुरुङको भनाई छ ।

हलका संचालक अजय पाण्डेले जसिता र धिरजले समय दिएकोप्रति प्रसंसा गरे । चलचित्र प्रदर्शको क्रममा अनय कलाकार टोली हताहतार गरि आउने र दर्शकलाई भेट्न गारो मानने गरेको आफूले पाएको बताउँदै पाण्डेले उनीहरुको सरलताबाट अरु कलाकारले पनि सिक्नु पर्ने बताए ।

कपिलवस्तुको कार्यक्रम सकेर चलचित्र टोली नेपालगञ्जस्थित बागेश्वरी हलमा पुगेर पत्रकारसंग भेटघाट गरेका छन् । कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विजय आवाज, रुपन्देही अध्यक्ष मोहन न्यौपाने, रुपन्देहीका संस्थापक सुमन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाबरी’ धिरजका प्रदर्शित फिल्म हुन् भने जसिताको डेब्यू फिल्म ‘लिलिबिली’ र दोस्रो फिल्म ‘लभ स्टेशन’ थियो । उनीहरुले दुई फिल्मबाटै युवापुस्तामा लोभलाग्दो क्रेज बनाएका छन् ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम आदिको पनि विशेष भूमिका छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ५५ बजे