३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मुख्य खबर

नयाँ वर्षमा सबै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो



काठमाण्डौ । नयाँ वर्ष २०८० को अवसरमा देशभरका सबैजसो पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्षको पहिलो दिनलगत्तै शनिवार परेकाले कतिपय ठाउँमा आज पनि पर्यटकको घुइँचो छ ।

काठमाण्डौ उपत्यका भित्र र वरपरका ठाउँसँगै देशभरका पर्यटकीय स्थलहरुमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । काठमाण्डौ उपत्यकाभित्रका स्वयम्भू, पशुपति, गोदावरी, बालाजु बाइसधारा, चम्पादेवी, चन्द्रागिरि, शिवपुरी, फूलचोकी, घ्याम्पेडाँडा, त्रिभुवन पार्क लगायतका ठाउँमा हिजो दिनभर नै घुम्न जानेहरुको चहलपहल थियो ।

मुख्य पर्यटकीय क्षेत्र पोखरा, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, चितवनको सौराहा लगायत ठाउँमा अस्ति बिहीवारदेखि नै चहलपहल बढेको छ । कतिपय ठाउँमा नयाँ वर्षको अवसर पारेर मेला महोत्सव पनि गरिएको छ ।

सुदूरपश्चिममा नयाँ वर्षको पहिलो दिनलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । बिसु पर्व मनाउनको लागि टाढा टाढाबाटसमेत परिवारका सदस्य र आफन्त घरमा जम्मा भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : २१ बजे