२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

त्रिविको चेतावनीः नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज हुन्छ



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।

कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।

नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।

सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्।

नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।

नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५५ बजे