२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कर्णालीमा सरकारबाट बाहिरियो एमाले



काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । ‘देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि नेकपा एमालेबाट सरकारमा सहभागी हामी तपशीलका मन्त्रीहरू संयुक्त राजीनामा पेस गर्दछौं‚’ राजीनामापत्रमा लेखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : २५ बजे