२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

विद्यार्थीको भाषण क्षमता बढाउन हिलवर्ट वोर्डिङमा ७ दिने तालिम



वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ स्थित हिलवर्ट वोर्डिङ स्कुलले एक हप्ते उद्घोषण, भाषण र व्यक्तित्व विकास तालिम आइतबारबाट सुरु गरेको छ ।

विद्यार्थीमा बोल्ने क्षमताको विकास गर्नको लागि चैत्र २४ गतेसम्म तालिमको आयोजना गरिएको हो । बार्षिक परीक्षा दिएर खाली बसेका विद्यार्थीमा उनीहरुको अन्तरनिहित क्षमताको विकास होओस् भन्ने उदेश्य राखेर आयोजना गरिएको तालिममा पहिलो दिन एक सय बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।

पब्लिक स्पिकर, उद्घोषक तथा मिडिया पर्सन चन्द्रकान्त न्यौपाने र योगाचार्य कमल पौड्यालले तालिमको हजिकरण गरेका विद्यालयका सह प्राचार्य कुशल पाण्डेले बताए ।

विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले पहिलो दिन नै विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताउँदै उनीहरुले निकै रुचीपूर्ण तवरले सिकेको बताए । उनका अनुसार यो तालिममा आफ्नो विद्यालयका मात्र नभएर जोसुकै विद्यार्थीले पनि निशुल्क सहभागिता जनाउन सक्ने छन् ।

उद्घाटन सत्रमा बोल्दै विद्यालयका अध्यक्ष दीपक खनालले एक हप्ताभर विद्यार्थीहरुले बाहिर गएर पनि सिक्ने छन् । त्यसको लागि एक दिन कुनै जंगलमा राखेर प्रकृतिको काखमा सिक्दा प्राप्त हुने आनन्दलाई विद्यार्थीमा अनुभुति गराउने कार्यक्रम राखिएको अध्यक्ष खनालले बताए । यस क्षेत्रमा यो नौलो अभ्यास भएको अध्यक्ष खनाल बताउँछन् ।

प्रशिक्षकद्धय न्यौपाने र पौडेलका अनुसार योग, नीति शिक्षा र उद्घोषण तथा भाषणका विविधि आयामबारे एकहप्तासम्म सिकाएर उनीहरुलाई बोल्नमा पारंगत गराउने कार्यक्रम रहेको छ ।

आइतबारको उद्घाटन सत्रको कार्यक्रमको संचालन विद्यालयका नेपाली विभाग प्रमुख तेज प्रसाद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : २२ बजे