२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

चट्याङ र हावाहुरीबाट बच्न २४ घण्टे चेतावनी !



काठमाडौँ । आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बिहान ६ बजे दिएको जानकारीअनुसार हाल लुम्बिनी, सुदूरपश्चिम, कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। यस्तै मधेश प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षा भइरहेको छ।

‘काठमाडौँ उपत्यकामा भने अहिले वर्षा रोकिएको छ’, मौसमविद् झाले  भने, ‘दिउँसोचाहिँ हिजोजस्तै मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

रातिबाट यो प्रणाली [पानी पार्ने प्रणाली] कमजोर हुँदै जाने देखिएको छ’, मौसमविद् झाले भने, ‘यसो भनेर पानी नै नपर्ने भने होइन, पहाडी भेगमा वर्षाको सम्भावना छ, तर आजजस्तो धेरैतिर वर्षा हुँदैन।’

यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ– कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनाले मेघगर्जनरचट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ४३ बजे