४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजदेखि सिनेमाघरमा ‘प्रेमा’, दर्शकले साथ दिने विश्वासमा नायक ‘क्षेत्री’



काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘प्रेमा’मा प्रदर्शनमा आएको छ । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएको हो । बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको यो चलचित्र काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको छ ।

चलचित्रमा शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री, विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतका कलाकारको अभिनय छ ।
चक्लेटी नव नायक क्षेत्रीको यो दोश्रो फिलिम हो । पहिलो फिलिम महापुरुषबाट चर्चा कमाएका उनले यस चलचित्रबाट पनि राम्रो हुने विशवास लिएका छन् । महापुरुषले ५१ दिनको रेकर्ड राखेको थियो । आफ्नो करिअरको पहिलो चलचित्र नै ब्लकबस्टर भएपछि नायक अरुण क्षेत्री निकै खुसी छन् ।

चलचित्रलाई गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामथ्र्यविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दिन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डिओपी छ ।

यो चलचित्रको राजधानीमा बुधबार साँझ ग्राण्ड प्रिमियर गरिएको थियो । प्रिमियरपछि फिल्मकर्मीले चलचित्रप्रति राम्रो प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : २७ बजे