३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रुपन्देहीमा वडाअध्यक्ष र प्रमख प्रशासकीय अधिकृत ५० हजार घुससहित समातिए



बुटवल । शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकम सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिचौलिया विनोद भर समेत छन् । गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट विहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : ४८ बजे