४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले काठमाडौ उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ ।

विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु चुनावको मिति तोके पनि विद्यार्थी संगठनहरुबीच विवाद भएपछि यी क्याम्पसमा चुनाव रोकिएका थिए । अदालतले क्याम्पससँग चुनाव नगराउनुको कारण पनि माग गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : ०३ बजे