३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अन्तहः वसन्त कुँवर नयाँ आइजिपी



काठमाडौ । नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।

आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित अवकाशमा जाँदैछन्।

कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्। उनी अर्घाखाँचीका हुन्। उनी २०५१ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ५ : ४६ बजे