३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

वलिङ वरियतामा चहल र बुमराहलाई पनि पछि पारे सन्दीपले



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन्।

सन्दीप २२ औं स्थानमा रहँदा चर्चित भारतका स्पिनर युजभेन्द्र चहल भने ४२ औं स्थानमा रहेका छन् ।

सन्दीपले वानिन्दु हशरंगा, ,कुलदिप यादव,जसप्रित बुमराह लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी १ स्थान तल झर्दै ६७ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ५६ औं स्थानमा कायमै रहेका छन् ।

तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा भने १ स्थान सुधार गरेर ९६ औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेलको ५७ औं स्थानमा कायम रहेका छन् ।

ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख भने ६७ औं स्थानमा कायमै रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : १४ बजे