४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार



काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो ।

ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो । नेपाल भन्दा पछाडी ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् ।

भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : १२ बजे