४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुख्यमन्त्री कार्कीको गाडीमाथि आन्दोलनकारीले गरे तोडफोड



काठमाडौँ । ‘कोशी’ प्रदेशको विरुद्ध आन्दोलनरत पहिचानपक्षधरले मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि आक्रमण गरेका छन्।

आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।

त्यसक्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रदेश १ को नाम कोशी कायम भएपछि पहिचानपक्षधर विभिन्न समूहहरु आन्दोलमा उत्रिएका छन्। त्यसक्रममा उनीहरुले आइतबार विराटनगरमा प्रदर्शनसमेत गरेका थिए।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४५ बजे