२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रतिनिधि सभाको बैठक शुरु, प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं



काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।

गत पुस १० गते नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बन्नु भएका दाहाल र उहाँको पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि एमालेले दाहाललाई प्रधानमन्त्रीमा दिएको समर्थन फिर्ता लिएको थियो । दाहालले एमालेसहितको गठबन्धन भएका बेला यसअघि पहिलो पटक गत पुस २६ मा संसदमा विश्वासको मत लिएका थिए । ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो । अहिले कांग्रेस सहितको अर्को समीकरण बनेपछि दाहालले दोस्रो पटक सोमबार विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : ३३ बजे