२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रुपन्देहीका तीन क्याम्पसमा नेविसङ्घ र दुईमा अनेरास्ववियु विजयी



रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी, छपिया जनता कलेजको सभापतिमा अभिषेक कुमार यादव र शहीद नारायण पोखरेल रामापुर क्याम्पसको सभापतिमा मनोज बेल्वासे निर्वाचित भएका छन् ।

यस्तै, हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा र देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै अर्जुन गैरे सभापतिमा निर्वाचित भएका हुन् ।

बुटवल बहुमुखी क्याम्पसमा भने मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १२ : ४३ बजे