७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा खस्यो ८ सय ४६ मत, ६ बजेपछि गणना



वाणगंगा । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा करिब ७२ प्रतिशत मत खसेको छ ।

विहान ८ बजेर २० मिनेटमा सुरु भएको मतदानमा अपरान्ह ४ बनेसम्म ८ सय ४६ मत [७२ दशमलव १२  प्रतिशत ] मत खसेको प्रमुख निर्वाचन अधिकृत गोविन्द खनालले बताए । उनका अनुसार ‘क’ बुथमा ३२२ महिला र १११ पुरुषको मत खसेको छ भने ‘ख’ बुथमा ९० जना पुरुष र ३२३ महिलाले मत खसालेका छन् ।  क्याम्पसमा कुल ११ सय ७३ मतदाता थिए ।

निर्वाचन अधिकृत खनालले निकै शान्तिूर्ण तवरले मतदान भएको बताए । अब साँझ ६ बजेपछि गणना सुरु हुने उनले बताए । अब मुचुल्का भई सर्वदलीय वैठक बसेर गणनाको काम हुने उनको भनाई छ ।

सिद्धार्थ क्याम्पसमा विंस २०५२ साल देखि स्ववियुको चुनाव हुँदै आएको छ ।

जिल्लामा वाणगंगा बहुमुखी क्यामपसमा बाहेक तौलिहवामा अवस्थित कपिलवस्तु बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस बुङ्ची, नेपाल आर्दश बहुमुखी क्याम्पस शिवपुर, बुद्धभूमि बहुमुखी क्याम्पस चौवन्नपुर, फलारीबाबा बहुमुखी क्याम्पस महाराजगन्ज, गौतमबुद्ध बहुमुखी क्याम्पस गोरुसिंगे, समयथान लगायतका क्याम्पसमा चुनाव भएको हो । शिवराजको नेपाल आदर्श बहुमुखी क्याम्पसमा कुल ६०० मत मध्ये ४८७ मत खसेको छ । समयथान बहुमुखी क्याम्पसमा कुल ३०० मत मध्ये २६४ मत खसेको निर्वाचन अधिकृत जिवलाल भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ४ : १६ बजे