२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

किन भयो विराटनगरमा प्रदर्शनकारी-प्रहरीबीच झडप र अश्रुग्यास प्रहार?



विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुनस् नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनस् नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले प्रदेशसभा ९पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म०, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ९रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ४१ बजे