२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रघुजी पन्त भन्छन् ‘चितवनको क्रिकेट स्टेडियम सरकारले बनाउनु पर्छ’



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चिवनमा क्रिकेट स्डेडियम बनाउन सरकारलाई आग्रह गरेका छन् । संसदकै शून्य समयमा उनले धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम सरकाले जिम्म लिएर अघि बढाउनु पर्ने बताए ।

‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चिवतनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नु पर्‍यो ।’

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।

खेलाडीहरुसँग अपेक्षा गर्ने, जितेको बेलामा एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गर्ने र अघिपछि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ३० बजे