२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

यूएईविरुद्धको खेलमा सन्दिपसंग विश्व दुर्लभ रेकर्ड रच्ने अवसर



काठमाडौँ । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई ) सँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। यो खेल खेलिरहँदा नेपालका लेग स्पिनर सन्दिप लामिछाने विश्व दुर्लभ किर्तिमानीको नजिक हुने छन् ।

क्रिकेटर सन्दीप लामिछानेले आजको खेलमा २ विकेट लिए घरेलु मैदानमा दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। उक्त कीर्तिमान बनाएमा सन्दीप ओडीआईमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाउने खेलाडी बन्नेछन्।

सन्दीपले ४० ओडीआई खेलमा ९८ विकेट लिइसकेका छन्। अब २ विकेट लिए सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गर्दै ओडीआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान रच्ने छन्।

यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। राशिद खानले सन् २०१८ मा ४४ खेलमा ओडीआईमा एक सय विकेट पूरा गरेका थिए।

खननपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडीआईमा एक सय विकेटको माइलस्टोन पार गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : १३ बजे