४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाली क्रिकेटमा चमत्कार थप्ने प्रशिक्षक ‘देशाई’ के भन्छन् जितपछि ?



काठमाडौँ । नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट संघसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको बताएका छन्।

भ्रमणकारी टोली यूएईविरुद्ध आइतवार १ सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफू आएपछि अहिलेसम्मको यात्रा सुखद् भएकोमा खुशी पनि व्यक्त गरे।

आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको बताउँदै उनले खेलाडीले दिइएको भूमिकालाई राम्रोसँग निभाएको बताए।

खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको स्मरण गर्दै उनले रणनीति बनाउँदा आफू सफल भएकोमा खुशीसमेत व्यक्त गरे।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ४२ बजे