२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एकै पटक ६१ सहसचिवको सरुवा



काठमाडौँ । सरकारले एकै पटक पाँच दर्जनभन्दा बढी सहसचिवहरुको सरुवा गरेको छ । हिजो बसेको क्याविनेट बैठकले एकै पटक ६१ सहसचिवहरुको सरुवा गरेको हो । संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पृष्टि गरेका छन् ।

गृह मन्त्रालयका १० सहसचिव गृहबाट बाहिरिएका छन् भने १० सहसचिवलाई गृहमा भित्राइएको छ । हालै बढूवा भएर पदस्थापन हुन बाँकी १० सहसचिवहरुको प्रदेशतिर खटाइएको छ । यसमा अलवा अर्थ मन्त्रालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अलवा प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ ।

सरुवाको विवरण माग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन हेर्ने कमल भट्टराईसँग इकर्मचारी डटकमले सरुवाको विवरण माग्दा प्रमाणीत भएर आइनसकेको हुँदा विवरण उपलव्ध गराउन नसकिने प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ०५ बजे