२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सांसद भण्डारीलाई मुम्बई पठाउन ७ घन्टा लाग्यो, विमान भने बिहानै तयार थियो



काठमाडौं । सिलिण्डर ग्यासको जलनबाट गम्भिर विरामी भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको उपचार नेपालमा सम्भव नभएको अस्पतालले बिहीबार विहान ९ बजे नै प्रष्ट्याएको थियो ।

जनसरोकार स्वास्थ्य ट्रष्ट, किर्तिपुर अस्पतालका अनुसार सांसद भण्डारीको अनुहार दुबै हात र दुबै गोडाहरुमा गरी २५–३०५ जलन भएको छ । भण्डारीको आमा हरिकलाको भने शरीरको ७० प्रतिशत जलेको थियो । अस्पतालले यथोचित उपचार नेपालमा सहज नहुने भनेर विज्ञप्ति निकालेको करिब दुई घण्टा पछि आमा हरिकलाको मृत्यु भएको थियो । कीर्तिपुर अस्पताली मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारका अनुसार १०ः५७ मा हरिकलाको मृत्यु भएको थियो ।

नेपालको स्रोत साधनले उपचार सम्भव नहुने अस्पतालले प्रष्ट पारे लगत्तै सांसद भण्डारीलाई उपचारका लागि भारत लाने तयारी गरिएको थियो । प्रारम्भमा भण्डारीले नेपालमै उपचार गर्ने अडान लिएका थिए । अस्पताल पुगेका दल नेता तथा आफन्तहरुले मनाएपछि उपचारका लागि भारत जान भण्डारी तयार भएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए ।

बुधबार राति किर्तिपुर अस्पतालमा भर्ना भएका भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेता कार्यकर्ताको घुँइचो बिहीबार बिहान सबेरैदेखि लागेको थियो ।

श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लाने तय भयो । तर, नियमित उडान जस्तै गरी लान सम्भव हुने विषय थिएन । विमानलाई एयर एम्बुलेन्समा रुपान्तरण गरेर विरामी लानु सरल प्रक्रिया थिएन । नेपालमा एयर एम्बुलेन्स नभएको हुँदा नियमित उडान गर्ने विमानमा स्वास्थ्य उपकरण जडान गर्नुपर्ने वाध्यात्मक अवस्था छ । चिकित्सकको सुझाव अनुसार विमानमा स्वास्थ्य उपकरण जडान गरिएको श्री एयरलाइन्सका कर्पोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार बिहान १० बजेको आसपासमा श्री एयरलाइन्सले उडान गर्ने निश्चित भएको थियो ।

अस्पतालले विरामी उपचार गर्न विदेश लान दिएको सुझाव तथा विमान तय भएर मात्रै उडान हुने अवस्था थिएन । एयर एम्बुलेन्स उडानका लागि भारतबाट स्विकृति लिनुपर्ने थियो । ‘अरु यात्रु चढे जस्तो हुँदैन । अस्पतालबाट एयरपोर्टसम्म नै ल्याउन समय लाग्छ विरामीको कण्डिसन हेरेर स्वास्थ्य उपकरण जडान गर्नुपर्ने हुन्छ,’ मानन्धरले अनलाइनखबरसँग भने, ‘दुई देशबीच हुने उडानका लागि उड्ययनका सबै प्रक्रिया पूरा गर्नुपर्छ ।’

भण्डारीको उपचारका लागि एयर एम्बुलेन्समा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम एयर एम्बुलेन्समा गएको छ । उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् ।

क्रिटिकल केयर प्रमुख डा।प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा।वृहस्पति र फ्लाइट डाक्टर डा।रोशन शर्मा रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ छन् । श्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी ९इन्टुबेसन गरी० अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् ।

पार्टी नेताहरु भने भण्डारीको साथमा आज गएका छैनन् । नेता एनपी साउद भन्छन्, ‘आज मेडिकल टीम सहित परिवारका सदस्यहरु जानुभएको छ । पार्टीका नेताहरु उपचारको क्रममा पछि जानुहुन्छ ।’

उपचारका लागि बिहान ९ बजेदेखि गरिएको तयारी अपरान्ह ४ः१५ बजे मात्रै सफल भयो । भण्डारीलाई भारत उपचारका लागि पठाउन सरकार र सिंगो नेपाली कांग्रेस लाग्दा समेत सात घण्टा लाग्यो । भण्डारीको उपचारमा हरसम्भव सहयोग गर्न सरकार तयार थियो । त्यसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अस्पताल नै पुगेर प्रतिबद्धता गरेका थिए । मुख्य सचिव शंकरदास वैरागीले कांग्रेस नेता शंकर भण्डारीले फोन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट गरिने सबै प्रयासको सन्देश सुनाएका थिए । भण्डारी आवद्ध दल कांग्रेसको सिंगो शक्ति उनलाई उपचारमा पठाउन लागिरहेको थियो ।

भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित नेता हुन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा उनलाई मनोनित नगरे पनि कांग्रेसका उच्च तहकै नेतामा गनिन्छन् ।

सरकार तथा पार्टी संयन्त्र सम्पूर्ण रुपमा लाग्दा समेत उपचारका लागि पठाउन घण्टौं लाग्दा कीर्तिपुर अस्पतालमा पुगेका कार्यकर्ताहरु निराश देखिन्थे । कतिपय कार्यकर्ताले मुखामुख गर्दै भने, ‘सरकार र पार्टी लागेर उच्च पदस्थलाई उपचार गराउन यस्तो अवस्था छ । सर्वसाधारण गम्भिर विरामी भए उपचार नपाएर मर्ने हुन् ।’

विमानमा स्वास्थ्य उपकरण जडान, अन्तराष्ट्रिय उडानका लागि दुबैतिरको स्वीकृति, भर्ना हुने अस्पतालको स्वीकृति लगायतले उडान ढिलो भएको नेता प्रदीप पौडेल बताउँछन् ।

सरकारले एयर एम्बुलेन्स सञ्चालन गर्ने बेला बेलामा विषय उठान गरे पनि प्रबन्ध गर्न सकेको छैन । एयर एम्बुलेन्स खरिद तथा व्यवस्थापन खर्च महँगो पर्ने भएकाले उक्त विषय उठ्दै सेलाउँदै गरेको छ । अनलाइन खबरबाट ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : २० बजे