२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सरकारसँग यस्तो भयो सहमति



काठमाण्डौँ । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ। यातायात मजदुर व्यवसायीका नेताहरूसँग मंगलबार बिहान सिंहदरबारमा भएको वातापछि आन्दोलन स्थगित गरिएको हो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले आन्दोलन फिर्ता लिएको बताए।

सोमबार नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएको राईले बताए।

मंगलबार बिहान भएको वार्तापछि तत्काल आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका हुन्।

यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजगत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो।

लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए। मंगलबार बिहानैदेखि सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : ०७ बजे