२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सुष्मा आचार्य बनिन् ‘प्रथम कपिलवस्तु सिङ्गिङ आइडल’



बाणगंगा । १३ औं कपिलवस्तु महोत्सवमा आयोजना भएको प्रथम सिङ्गिङ आइडलको उपाधि सुष्मा आचार्यले जितेकी छिन् ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. २ निवासी आचार्यले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै आइडलको उपाधि जितेकी हुन् ।

उपाधि विजेता आचार्यले नगद र.  तीस हजारसहित, शिल्ड, मेडल, प्रमाणपत्र र मायाको चिनो पाएकी आइडलका संयोजक विरेन्द्र खाँणले जानकारी दिए ।

माघ १७ गते देखि बुद्धरंगशाला चारनम्बर जितपुरमा सन्चालन भएको महोत्सव आइतबार सकिएको थियो ।

आइडलको उपविजेता रिसव पन्थी भएका छन् । पन्थीले रु। बीस हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र मायाको चिनो पाएका छन् ।

यस्तै तृतिय स्थानमा आएका सन्दीप क्षेत्री, चौथो स्थानमा आएका विपना थापा र पाँचौ स्थानमा आएका हेमराज नेपालीले क्रमश रु। १३ हजार, रु। १० हजार र रु। पाँच हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको महोत्सवका आइडलका संयोजक खाँणले जनाए ।

सिङ्गिङ प्रतियोगीताका लागि ४९ जनाले फारम भरेका थिए । जसमा १० जनालाई स्टेशमा ल्याइएको थियो । यसपालि सिङ्गिङ आइडलमा निर्णायकको निर्णयलाई आधार मानेर विजेता घोषणा गरिएको थियो ।

यता ११ औं डान्स आइडलको उपाधि ज्ञानपुञ्ज बोर्डिङ स्कूलमा अध्ययनरत छात्रा ग्रीष्मा गाहाले जितेकी छिन् । गाहाले भने दर्शकले दिएको भोटको आधारमा उपाधि जितेकी हुन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ५४ बजे