२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

विमला ओलीले माओवादी त्याग्दै भनिन् ‘मलाई युज एण्ड थ्रो’ गरियो



काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादीबाट राजीनामा दिएका छन् ।

उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेका हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको बताएका छन् ।

‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो,’ उनले राजीनामामा उल्लेख गरेका छन् ।

श्रीमान्को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : १७ बजे