२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

१३ औँ कपिलवस्तु महोत्सवः आज ‘कुटुमा कुटु’ गायकदेखि डान्सरसम्म



वणगंगा । कपिलवस्तुस्थित बाणगंगा जितपुर बुद्धरंगशालामा माघ १७ गतेदेखि १३ औं कपिलवस्तु महोत्सव जारी छ । महोत्सवको दशौँ दिन आज चर्चित कलाकारको प्रस्तुति रहेको छ ।

आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अनुसार आज मुख्य आकर्षणमा आधुनिक गायक राजनराज शिवाकोटी छन् भने लोक गायकको आकर्षणमा कुशल वेलबासे छन् । यसैगरी आज नै हास्य कलाकार सुमित घिमिरे, दोहोरी गायिका संगिता तिचौरे र डान्सर सदिक्षा चौधरी लगायतले प्रस्तुति दिने छन् ।

यस्तै आज नै महोत्सवको डान्सिङ्ग र सिङ्गिङ्ग आइडल पनि दर्शकको आकर्षणको कार्यक्रम छ ।

महोत्सवको समापन मिति आउँदै गर्दा दर्शकको दिनहुँ बृद्धि भइरहेको छ । हिजो पनि रमेशराज भट्टराई (वहुला गायक) लगायतलाई हेर्न सोचेभन्दा बढी दर्शकले महोत्सव स्थलमा आएका महासचिव मनोज पौडेलले जनाए । माघ २९ गतेसम्म चल्ने महोत्सवमा डेढ लाख दर्शक भित्र्याई झण्डै ६ करोडको कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : १२ बजे