४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जारी कपिलवस्तु महोत्सवमा सिङ्गिङ र डान्सिङ आईडलले रौनतकता थप्दै



अनिश बन्जाडे, बाणगंगा । ‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’भन्ने मुल नाराका साथ माघ १७ गतेदेखि महोत्सव सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा दर्शकहरुको सहभागिता संगै उत्साह दिनप्रतिदिन थपिदैँ गएको छ ।

जसले आयोजकलाई महोत्सव सफल हुने आशाको किरण थपेको छ । महोत्सवप्रति दर्शकको ध्यान केन्द्रित गर्नका लागि गरिएको नौलो प्रयासप्रति दर्शकहरु सन्तुष्ट भएका छन् । जसअन्तर्गत एउटा भिन्नप्रयास हो प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल र ११ औँ कपिलवस्तु डान्स आइडल, डान्स आइडलको यो ११ औँ संस्करण भएतापनि यसको उत्साहमा कमि आएको छैन ।

नृत्यप्रति रुचिभएका र उचित स्थान नपाएकाहरु प्रति महोत्सवमा आयोजित डान्स आईडलले उर्जा थपेको छ । यो प्रतिष्पर्धामा निर्णायकको मुल्याङ्कन र दर्शकको भोटलाई आधार मानेर बिजेता छानिन्छ । महोत्सवमा यो भन्दा पहिलेको १० औँ संस्करणसम्म बिजेता भएका प्रतिष्पर्धीहरुले यतिबेला राम्रै प्रगति गरेका छन् ।

आयोजकले बिजेतामात्र घोषित नगरेर उनिहरुलाई उचित अवसर पनि दिने गरेका छन् । जसको कारण पनि कपिलवस्तु महोत्सवमा हुने डान्स आईडल दर्शकको रोजाईमा पर्दै गएको छ । जसले गर्दा यषबर्ष पनि ११ औँ कपिलवस्तु डान्स आईडलको रोचक प्रतिष्पर्धा हेर्नका लागि दर्शकहरु महोत्सवमा आउने गरेको प्रतिक्रीया राख्छन् ।

डान्स आईडलमा प्रस्तुति दिँदै प्रतिष्पर्धी

यसैबिच १३ औँ कपिलवस्तु महोत्सवमा यो बर्षदेखि प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल पनि सुरु भएको छ । डान्स आईडल संगै सिङ्गिङ आइडियल बिचको प्रतिष्पर्धाले महोत्सवमा नयाँ उचाई थपेको छ । प्रत्येक बर्ष नौलोे प्रयासबाट दर्शकलाई आकर्षित गर्ने कपिलवस्तु महोत्सव यसबर्ष पनि कायमै रह्यो । दिनप्रतिदिन प्रतिष्पर्धीहरु बिचको कडा प्रतिष्पर्धाले यो प्रतियोगिता पनि रोचकबन्दै गएको हो ।

प्रथम कपिलवस्तु सिङ्गिङ आइडियलको उपाधिका लागि १० जना प्रतिष्पर्धीले भाग लिएका थिए । महोत्सवको दिनबित्दै जाँदा प्रतिष्पर्धीहरु पनि बाहिरिदैँ गएका छन् । यो प्रतिष्पर्धामा केवल निर्णायकहरुको मुल्याङ्कनलाई आधार मानिएको छ । अर्थात प्रथम कपिलवस्तु सिङ्गिङ आइडियल चुन्नमा केबल निर्णायकहरुको मात्र हात हुनेछ ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा माघ १७ गतेदेखि सुरु भएको महोत्सव माघ २९ गतेसम्म चल्नेछ । महोत्सव अवधिभर ५ करोडको कारोबार हुने र २ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : ५४ बजे