४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

६ बर्षसम्म कपिलवस्तु महोत्सवमा टिभिएसको सहकार्य, ग्राहकलाई छुटैछुट



वाणगंगा । जिल्लाकै सबैभन्दा बढी दर्शक आउने गरी वाणगंगाको वुद्ध रंगशालामा लाग्ने कपिलवस्तु महोत्सवमा सबैभन्दा बढी सहकार्य गर्ने संस्था ‘जगदम्ब मोटर्स’ बनेको छ ।

पछिल्लो समय भएका महोत्सवमा लगातार ६ बर्षसम्म  सहकार्य गर्न जगदबा मोटर्स सफल भएको हो । कहिले प्रायोजक, कहिले सह-प्रयोजक भई सहकार्य गरिरहेको  मोटर्स प्रालीे कपिलवस्तु उद्योग वाणिज्य संघले यसपटक संचालन गरेको १३ औँ कपिलवस्तु महोत्सवमा पनि टिकट प्रायोजकको रुपमा छ ।

कपिलवस्तुमा टिभिएस मोटर्सको आधिकारिक विक्रेताको रुपमा रहेको वाणगंगा अटो ट्रेडसले महोत्सवमा कम्पनीको सहकार्यलाई जोडेको हो ।  ट्रेडसका संचालक मोहन न्यौपानेले हरेक महोत्सवमा उपभोक्तालाई छुटैछुट दिएकोमा यसपटक ८ हजारसम्म छुटको ब्यवस्था गरिएको बताए ।

उनी भन्छन् ‘टिभिएसले यस क्षेत्रमा महोत्सवबाटै परिचय बनाएको छ । धेरै ग्राहकले पनि टिभिएस रोजाइमा पार्नुभएको छ । हामीले पनि सक्दो सहुलियत दिएका छौँ ।’ कपिलवस्तु महोत्सवमा सबैभन्दा बढी सहकार्य गर्ने एक्लो कम्पनीको रुपमा जगदम्बा मोटर्स रहेको न्यौपानेले बताए । कपिलवस्तुमा भएको सहकार्यले कम्पनी पनि खुसी भएको न्यौपाने बताउँछन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १ : ५१ बजे