४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बाइकको पछि बस्नेलाई हेल्मेट अनिवार्य गर्न डब्ल्यूएचओले दियो दबाब



काठमाडौं । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक) को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ ।

स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षामा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै पटक–पटक चासो व्यक्त गरेपछि मन्त्रालयले यस्तो छलफल गरेको हो । मंगलबारको छलफलमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले ‘डबल हेल्मेट’को प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेको र हेल्मेट गुणस्तर पनि हेर्नुपर्ने बताएका थिए । अहिले चालकले प्रयोग गरिरहेका हेल्मेट गुणस्तरीय नहुँदा दुर्घटनामा ज्यान नजोगिने समस्या देखिएको उनको भनाइ थियो ।

पछिल्लो समयममा भियतनाम जस्ता देशले यस्तो निर्णय लागु गरेर मोटरसाइकल दुर्घटनाबट हुने मृत्युदर धेरै घटाएका छन्, त्यसैलाई ध्यानमा राखेर डब्ल्यूएचओले यसमा चासो राखेको हो । मन्त्रालयका एक अधिकारीका अनुसार डब्ल्यूएचओले यस्तो नियम लागु गर्न सरकारसँग वकालत गरिरहेको छ ।

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा सवारी दुर्घटनाबाट हुने मृत्युदर घटाउने प्रतिवद्धता गरेको छ, त्यसको अनुगमन डब्ल्ययूएचओले गरिहरेको छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उसको चासोका आधारमा छलफल थालेका हौं, तर, यो नियम सबैलाई बुझाएर लागु गर्न सकेमा दुर्घटनाबाट मृत्यु वा गम्भीर घाइते हुने दर धेरै घट्छ ।’

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३४ बजे