२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

१३ औँ कपिलवस्तु महोत्सवमा आज



वाणगंगा । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आजबाट सांस्कृति कार्यक्रम सुरु भएका छन् ।

सांस्कृतिक कार्यक्रमतर्फ डान्स आइडल र कलाकारको प्रस्तुति भइरहेका छन् । महोत्सवका निर्देशक छवि रेश्मीका अनुसार आज पहिलो दिन चर्चित लोक तथा दोहोरीगायक पशुपति शर्मा र गायिका बर्षा थापा प्रमुख आकर्षणको रुपमा रहेका छन् ।

उनीहरुले आज दर्शकलाई मनोरञ्जन दिने उनले बताए । अब दिनप्रतिदिन राष्ट्रिय कलाकार मञ्च चढ्ने र स्थानीय कलाकारले पनि मनोरञ्जन दिने उनको भनाई छ । महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ३६ बजे