४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रविलाई अर्को मन्त्रालय लिन प्रधानमन्त्रीको अफर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई गृह मन्त्रालयको अडान छाड्न आग्रह गरेका छन् ।

बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डलेगृह मन्त्रालय लिँदा स्वार्थ बाझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गरेका हुन् ।

रविको राहदानी सम्बन्धी विवाद कायम रहेको र गृह मन्त्रालय लिँदा स्वार्थ बाझिने तर्क प्रधानमन्त्रीबाट आएको छ । रविले भने गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि नागरिकताको पुनः प्राप्ति प्रक्रिया पूरा गरेपछि उनलाई गृहमन्त्री बनाउन आग्रह गरिसकेका छन् । ६ महिनाभित्र उपचुनावबाट रवि पुनः सांसद हुने तयारीमा छन् ।

उनलाई एमालेले सघाउने संकेत दिइसकेको छ । प्रधानमन्त्रीले सकेसम्म गृह मन्त्रालय रविलाई नदिने प्रयासमा छन् । स्रोतका अनुसार रविलाई गृह मन्त्रालय नदिन माओवादीभित्र दबाब छ । सरकारको नेतृत्व गरिरहेको पार्टीले महत्त्वपूर्ण मन्त्रालय नलिएको भन्दै प्रचण्डमाथि माओवादीभित्रबाटै गृह नछाड्न दबाब बढेको छ ।

मंगलबार बिहान सभापति रवि लामिछानेले रास्वपाको भागमा परेको गृहमा पुनः जिम्मेवारी दिन प्रधानन्त्री प्रचण्डलाई आग्रह गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १ : ३७ बजे