२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

उपनिर्वाचनमा रविलाई सहजै हराउने काँग्रेसको दावी



काठमाडौं । नेपाली कांग्रेस चितवनका जिल्ला सभापित राजेश्वर खनालले उपनिर्वाचनमा रवि लामिछानेलाई सहजै पराजित गर्न सकिने दाबी गरेको छ।

मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस चितवनका सभापति खनालले यस्तो बताएका हुन् । उनले चितवन २ मा कांग्रेसको पक्षमा जनलहर झन् बलियो भएर आएको दाबी गरे।

खनालले एक महिनामा सरकारको उपप्रधान तथा गृहमन्त्रीको पदमा बसेपछि रविको नागरिकता र पासपोर्टलगायत विवादका बारेमा जनता स्पष्ट भइसकेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस एक ठाउँमा बसेर जोड गर्यो भने उपचुनाव जितिन्छ। रवि लामिछानेलाई सहजै हराइन्छ । हिजो रविजीले शीर्ष नेताहरुबारे बोलेको र अहिले उहाँहरुलाई सास्टाङ्ग गरेको सबैले देखेका छन्। ३२ दिनमा के–के गर्नु भयो भन्ने त थाहै छ।’

सभापति खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको ध्यान जनतालाई दिनेमा भन्दा पनि आफू लिनेमा मात्र देखिएको पनि टिप्पणी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले फेरि चुनाव लड्न आए कांग्रेसलाई जित निकाल्न झन् सहज हुने बताए।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १ : २३ बजे