४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हेर्नुहोस् हाकिमको कार्यकक्षमा कर्मचारीको ‘पारा’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । जिल्लाको एक सरकारी कार्यालयमा काम गर्ने एक कर्मचारीले पदीय गरिमाको कुनै ख्याल नगरी कार्यकक्षमा दिउँसै सुत्ने गरेको पाइएको छ । तस्विरमा उनी यसरी सुतिरहेको देखिन्छ कि मानौँ शयन कक्षमा नुहाइरहेका छन् ।

यस्ता कर्मचारी हुन् सडक पुर्वाधार विकास कार्यालय कपिलवस्तुका कार्यालय सहयोगी । उनको नाम खुलेको छैन । आईतवार दिउँसो २ बजेतिर त्यही कार्यालयमा कार्यरत एक कर्मचारी सेवा लिनको लागि जाँदा उनी कार्यकक्षमा अशोभनीय तरिकाले सुतिरहेको अवस्थामा भेटिए। उनको सुताईमा कुनै मर्यादा भेटिन्न । ढाका टोपी लगाएका उनी कार्यकक्षमा लाइट बालेर, जुत्तामै उपरखुट्टी लगाएर मस्तसंग सोफामा सुतिरहेको अवस्थामा देखिन्छन् ।  कार्यकक्षमा उनको कतिसम्म बदमासी र चलाखी भेटिन्छ भने हाकिम बाहिर रहेका बखत उनी भित्र सुतिरहेका छन् । उनले पर्दा खोलेका छन् । छेउबाट घाम आइरहेको छ । अगाडी पट्टीको एउटा ढोका भने बन्द गरेको तस्विरमा देखिन्छ ।

तस्विर किरणमान बज्राचार्यको फेसबुकबाट

सुतेको तस्बिर खिच्दा पनि नउठेपछि ढोका खोल्दा ती कर्मचारी बल्ल बिउँझिएको ती कर्मचारीले बताए । सेवा लिन जाँदा पनि यी यिनले सर्वसाधारणलाई अटेर गर्ने, कार्यकक्षमा नभेटिने, फोन समेत रिसिभ नगर्ने लगायतका कामहहरु गरेको जनगुनासो थियो । आइतबार उनी यस्तो अवस्थामा भेटिएपछि उनी कामचोर र अल्छी कर्मचारी रहेछन् भन्ने पुष्टि हुन्छ ।

उनको यस्तो अवस्थाबारे नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले फेसबुकमै लेखेका छन् । त्यसपछि उनको चौतर्फी आलोचना भइरहेको छ । उसो त सरकारी काम कहिले जाला घाम भन्ने उखान नै छ । नेपाल सरकारका यस्ता कर्मचारीले गर्दा नै यो उखानलाई चरितार्थ गर्ने सरोकारवाला बताउँछन् । ती कर्मचारीको बारेमा बुझ्ने र आवश्यक कार्यवाही गर्ने स्रोत बताउँछ ।

तस्विर किरणमान बज्राचार्यको फेसबुकबाट

यसअघि भुलवस उक्त कार्यालय प्रमुख लेखिएकोमा सच्याएका छौँ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : २६ बजे