४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पद गुमेको ४८ घण्टामै रवि रास्वपाको सभापतिमा फर्किए



काठमाण्डौँ । नेपाली नागरिकता पुनर्प्राप्त गरेसँगै रवि लामिछानेले ४८ घण्टामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको जिम्मेवारी लिएका छन्।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अनागरिक ठहर गरेसँगै रविले दलीयदेखि संसदीय भूमिका पनि गुमाएका थिए।

अनागरिक ठहर हुँदा उनले रास्वपा सभापति पद पनि गुमाएका थिए। तर आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनस्प्राप्त गरेसँगै लामिछाने रास्वपा सभापतिमा फर्किएका हुन्।

केन्द्रीय समितिको बैठक

यस्तोमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले रविलाई पार्टी सभापतिमै फर्काएको हो।

यसअघि शनिबार रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले लिएका थिए। तर नागरिकता लिएलगत्तै बैठक राखेर रविले पार्टी कमान्ड आफ्नै हातमा ल्याएका हुन्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ०६ बजे