४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु महोत्सवमा निशुल्क माटो परीक्षण र वाली प्रदर्शनी हुने



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा र्पिसदेखि सुरु हुने १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा कृषि तर्फ माटो परीक्षण र बाली प्रदर्शनी हुने भएको छ ।

वाणगंगा नगरपालिका अन्तर्गत कृषि शाखाको संयोजनमा माघ १८ गतेदेखि २२ गतेसम्म वाली प्रदर्शनी र माटो परीक्षण हुने भएको हो ।
कृषि विकास शाखाका प्रमुख लेस बहादुर केसीका अनुसार वाली सुचिकरणको लागि १७ गतेसम्मको समय दिइएको छ ।

१७ गते विहान १० बजेदेखि ५ बजेसम्म किसानले आफ्ना खाद्धान्ह, तरकारी, फलफुल, दलहन, तेलहन, आलु र विविध समुहका बालीहरु सुचिकरण गर्न सक्ने छन् । सुचिकरणकै आधारमा वाली छनोट गरेर उत्कृष्ट किसानलाई पुरस्कृत गरिने छ । सुचिकरण नभएका कुनै बालीको पनि मुल्यांकन नहुने केसीले हाम्रो रोजगारीलाई बताए ।

अर्कोतर्फ २२ गतेसम्म नै प्रविधिमार्फत् निशुल्क रुपमा किसानको खेतबारीको माटो परीक्षण हुने छ । माटो परीक्षणसंगै विज्ञले कस्तो माटोमा कस्तो बाली लगाउँदा ठिक हुन्छ ? माटोको उर्वराशक्ति कस्तो छ ? लगायतमा किसानलाई सुझाव सल्लाह दिने कार्यक्रम राखिएको केसीले बताए । महोत्सवमा मात्र यो निशुल्क कार्यक्रम राखिएकोले आफ्नो खेतबारीको माटो ल्याई परीक्षण गराउन प्रमुख केसीको अनुरोध छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : २७ बजे