२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मनकामना वनको अध्यक्षमा ‘वागी’ घिमिरेले वाजी मार्ने प्रक्षेपण



कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना सामुदायिक वनको चुनावमा अध्यक्षको लागि तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अध्यक्षको लागि नेकपा एमालेबाट मुक्त बहादुर कार्की, उनको वागीको रुपमा कमल घिमिरे र नेपाली काँग्रेसको तर्फबाट चुडामणी शर्मा चुनावी मैदानमा छन् ।

मतदान सकिँदा मतदानस्थलमा गरिएको छोटो सर्वेक्षणबाट एमालेका वागी उम्मेदवार कमल घिमिरेले नतिजा आफ्नो पक्षमा पार्ने अनुमान गरिएको हो ।

मत खसाल्न उत्साहित उपभोक्ताहरु लाइनमा

वनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले काँग्रेसको समर्थनमा चुनाव जित्न सक्ने एक जना नेताले हाम्रो रोजगारीलाई बताए । अन्य पदमा मिश्रित नतिजा आउने भए तापनि ३० भन्दा कम मतान्तरमा घिमिरे विजयी हुन सक्ने उनको अनुमान छ ।

उनी भन्छन् ‘घिमिरेमा एमालेको एउटा पक्षको समर्थन छ नै, काँग्रेसको एउटा पक्षको पनि समर्थन देखिन्छ । केही काँग्रेसका जिम्मेवार नेता नै चुडामणी शर्माले चुनाव हार्ने भएपछि रातभरी घिमिरेलाई जिताउने अभियानमा लागे ।’

वनका अर्का एक जना पाका उपभोक्ताले मुक्त बहादुर कार्कीको महेन्द्र राजमार्गभन्दा तलको इलाकामा कम प्रभाव रहेको भन्दै त्यसको फाइदा घिमिरेले लिने बताए । महेन्द्र राजमार्ग मुनी बठानपुर लगायतका ठाउँबाट एमालेकै देवु पौडेल सहसचिवको उम्मेदवार रहेका कारण सहसचिवकै एमाले उम्मेदवार कविराज गौतमको इलाकाबाट कार्कीलाई कम भोट आउन सक्ने उनको अनुमान छ ।

घिमिरेले पनि आफ्नो पक्षमा माहौल मजबुत भएकाले सजिलै चुनाव जित्ने दावी गर्छन् । आफूलाई माओवादी, राप्रपा लगायतको पनि समर्थन रहको उनको भनाई छ ।

पार्टीका विश्वासिला नेतासमेत रहेका कार्की स्थानीय चुनावमा वडा अध्यक्षको उम्मेदवारको रुपमा पनि चर्चामा आएका थिए । त्यो वडामा पार्टीले कार्कीलाई नै सबै अवसर दिँदा केही नेता ओझेलमा छन् । कार्कीलाई यसपटक चुनावमा हराउन सके आफूहरुको प्रभुत्व स्थापित हुन सक्ने भन्दै केही नेता घिमिरेको पक्षमा लागेको विशेष श्रोत बताउँछ ।

काँग्रेसका अध्यक्षका उम्मेदवार शर्माले पनि पार्टीकै केही तत्व आफूलाई हराउन लागेको कुराकानीमा बताएका श्रोत बताउँछ । यसको फाइदा पनि कमललाई नै हुने धेरैको अनुमान छ ।

यता एमालेका नेता कार्यकर्ताले कार्कीले चुनाव जित्ने दावी गर्दछन् । उपाध्यक्षमा कार्की प्यानलका पुष्कर घिमिरे र सचिवमा गंगा कुमारी भट्टराईले जित्न सक्ने बताइन्छ । चुनावमा कार्की र शर्माको प्यानल नै रहेको छ । मतदान सम्पन्न भएको र रातिसम्म नतिजा आउने निर्वाचन आयोगले जानकारी दियो । वनमा ११ सय बढी उपभोक्ता छन् ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ५१ बजे