४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज सरकारी वेबसाइट डाउन, ५/६ वटा अन्तर्राष्ट्रिय उडान नै रोकिए



काठमाडौँ ।
सर्भरमा आएको समस्याका कारण सबै सरकारी वेबसाइटहरू डाउन भएका छन्। बिहानैदेखि सर्भरमा समस्या देखिएको भएपनि दिउँसोबाट भने बेवसाइटहरु डाउन भएको हो।

सर्भरमा समस्या आएपछि त्रिभुवन विमास्थलमा उडान र अवतरण समेत रोकिएको छ। विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरका अनुसार बेवसाइट खुलाउनका लागि गृह मन्त्रालयसमक्ष खबर गरिएको छ।

प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायतका देशभरका सरकारी वेबसाइटहरु अहिले चलेको छैन्।

यद्यपि अहिलेसम्म नखुल्दा विमानस्थलमा यात्रुहरु आक्रोशित हुन थालेको उनले बताए। ‘इमिग्रेशनको सर्भर डाउन भएको छ। सवा घन्टा भइसक्यो। अराभइल र डिपार्चर दुवै बन्द छ,’ ठाकुरले भने।

डेढ घन्टादेखि विमानस्थल अवरुद्ध हुँदा भिडभाड बढेको ठाकुरले बताए। गन्तव्यमा हिँडेका यात्रुहरु अपलत्र परेपछि आका्रेशित समेत हुन लागेको उनले बताए।

‘हामीले सर्भर चाँडै बनाउनुस् भनेर भनेका छौं। यो गृह मन्त्रालय अन्तर्गतको कुरा हो,’ उनले भने, ‘चाँडै बन्छ होला भन्नेमा छौं।’

सर्भरमा समस्या भएपछि लगभग ५÷६ वटा अन्तर्राष्ट्रिय उडान उडान रोकिएको छ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ५३ बजे