२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

खिमानन्द पाैडेल: एकातिर अध्यक्ष, अर्कातिर राजिनामा (यस्ताे छ कारण)



कपिलवस्तु। कपिलवस्तु उद्योग वाणिज्य संघका निर्वाचित सचिव खिमानन्द पौडेलले (कोपिल) ले पदबाट राजिनामा दिएका छन् । संघका अध्यक्ष डोलकराम घिमिरेलाई कार्यालयमै पुगेर उनले राजिनामा पत्र बुझाएका हुन् ।

उद्योगी व्यवसायीको हितमा नरही व्यक्तिगत महत्वाकाँक्षाले अघि बढ्दा संस्था धरासयी भएको लगाएतका आरोप लगाउँदै सचिव पौडेलले राजिनामा दिएका हुन् । संघलाई विभिन्न आरोप लगाए पनि पाैडेल भने उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा भर्खरै चयन भएका छन् । मंगलबार भएको व्यापार संघको प्रथम साधारण सभा एवं अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यता कपिलवस्तु उद्योग वाणिज्य संघले भने एउटै व्यक्ति एउटै प्रकृतिका दुई संस्थामा बस्न जायज नभएको भन्दै पौडेलको राजिनामा बाध्यकारी भएको बताएको छ । पौडेलको राजिनामाबारे कपिलवस्तु उद्योग वाणिज्य संघको वैठक विहिबार विहान बस्ने बताइएको छ । पौडेल ०७७ माघ महिनाको २७ गते भएको निर्वाचनबाट सचिव पदमा विजय भएका थिए ।

पौडेलले अब उद्योग व्यापार संघलाई मध्यम उद्योगी व्यवसायीको साझा संस्था बनाउने बताउँदै पहिलेको संस्थासंग पनि सहकार्य गर्ने बताए ।

 

 

यस्तो छ पाैडेलकाे राजिनामा पत्र

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २८ बजे