४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीले कार्यकर्तालाई भने ‘चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस्’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अरोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने, ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।

सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए । ओलीले भने ‘हामीले त्यसरी एक अवधिको एउटा भुल्कोको राजनीति गर्ने होइन, त्यो दिगो हुँदैन ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ५९ बजे