४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रवि लामिछाने नेपालीमूलका विदेशी नागरिक हुन्ः अधिवक्ता बर्तौलाको



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ कायमुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा भइरहेको हो।

अहिले निवेदकतर्फको बहस सकिएको छ। निवेदककोतर्फबाट अधिवक्ता रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानासहितले बहस गरेका छन्।

गत २२ पुसमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको थियो।

बुधबार भएको सुनुवाइका क्रममा रिट निवेदकहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस गर्दै अर्का अधिवक्ता रविराज बर्तौलाले यो प्रकणमा रवि लामिछानेले जे गर्दा पनि हुन्छ भन्ने भावनाको विकास गर्न खोजिएको बताएका छन्।

ुयहाँ त रविले जे गरे पनि हुन्छ भन्ने भावनाको विकास गर्न खोजियो। यी मान्छे ९रवि० ले नेपाली नागरिकता पुनस्प्राप्तिका लागि प्रक्रिया पूरा गरेका छैनन्, उनले भने, ुरवि खासमा नेपालीमूलका विदेशी नागरिक हुन्। अहिलेको अवस्थामा रवि नेपालीमूलका विदेशी रहेको कुरामा कुनै विवाद छैन।

उनले बहसका क्रममा रविले नेपाली नागरिकता त्यागेर अमेरिकी कानुनअन्तर्गत शपथ खाइसकेको बताए। रविले नेपाली नागरिकता त्यागेर अमेरिकी कानुनअन्तर्गत त्यहाँ शपथ खाइसकेका छन्, बहसका क्रममा उनले भने, रविले जे गर्दा पनि हुन्छ भन्ने हिसावले अघि बढेको देखिन्छ। कानुनी शासनमा यसो गर्न मिल्दैन।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ५० बजे