४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाउँघरमै घुम्ती शिविर, बुद्धभूमिवासीले भने ‘बल्ल सिंहदरबार आएजस्तो भयो’



बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रत्येक वडा वडामा पुगेर घुम्ती शिविर मार्फत सेवाग्राहीलाई सेवा दिन थालेको छ ।

नगरबासीको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य, कृषि, पशु, सामाजिक विकास जस्ता कार्यालयले वडा वडा पुगेर सेवा दिन थालेका हुन् ।

नगरले घुम्ती शिविर मार्फत एकीकृत पशु स्वास्थ्य शिविर, भेडा, बाख्रा शिविर, बाली उपचार शिविर, स्वास्थ्य सेवा शिविर, आखाँ शिविर, व्यवसाय दर्ता, नविकरण तथा परामर्श, पन्जीकरण, सामाजिक सुरक्षा, जेष्ठ नागरिक परिचयपत्र वितरण गर्ने नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो ।

सेवाप्रवाहलाई छिटोछरितो, झन्झटरहित बनाउन प्रयास गरिरहेको बुद्धभूमिले गाउँगाउँमै सेवा दिन थालेपछि नगरबासी दंग छन् ।नगरबासीले बल्ल सिंहदरबार आएकोजस्तो अनुभुति भएको सुनाए ।

सोमबार वडा नं। ६ महुवामा नगरपालिकाले निशूल्क चश्मा वितरण देखि पशु, कृषि, सामाजिक शाखाका सबै सेवा प्रदान गरेको छ ।

नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप(प्रमुख मीरा थारु, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको उपस्थितिमा वडा नं। ६ मा सेवाग्राहीलाई सेवा दिइएको हो ।

वडामै सेवा पाउने भएपछि वडाबासी विहानै देखि महुवा माविको प्राङ्गणमा पुगेका थिए ।

नगरको पशु शाखाले भेडा, बाख्रालाई लाग्ने रोगको औषधि वितरण गरेको थियो भने कृषि शाखाले कृषिजन्यवस्तुबारे किसानलाई परामर्श दिएको थियो । नगरको कृषिबाट किसानले पाउनुपर्ने सबै सेवाबारे जानकारी गराएको कृषि शाखाका प्रमुख देवीराम बेल्वासेले बताउनुभयो ।

नगरमा रहेको कार्यालयसम्म आइपुग्नका लागि किसानलाई समस्या हुने भएकाले शिविर माफर्त बालीहरुमा लागेका रोग र किराहरुको व्यवस्थापनका लागि समस्या अनुसारको औषधि वितरण गरेको बेल्वासेले बताउनुभयो ।

बेल्वासेका अनुसार यो बर्ष नगरका ५ स्थानमा शिविर मार्फत किसानलाई सेवा दिइने छ ।

नगर प्रमुख श्रेष्ठले यो आर्थिक बर्षमा नगरका सबैजसो वडामा घुम्ती शिविर सन्चालन गरिने बताउनुभयो । नगरबासीलाई गाउँ(गाउँमा गएर सेवा दिने उद्धेश्यले यस्तो कार्यक्रमको अवधारणा ल्याइएको उहाँले जनाउनुभयो । यो कार्यक्रम हरेक बर्ष सन्चालन हुने भन्दै नगरबासीले सोचेभन्दा राम्रो सेवा लिन सक्नेमा उहाँको विश्वास छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ४१ बजे