४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

घुससहित समातिए त्रिभुवन विमानस्थल टर्मिनल प्रमुख चुँडाल



काठमाण्डौँ । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्।
उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन प्रमुखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेका छौँ, उनले भने, उक्त रकम घुस हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। बरामद रकमबारे विस्तृत जानकारी दिनेछौँ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : १८ बजे