४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एक शव्द नबोलेरै चुनाव हराउने राप्रपा नेता बोहोरा किन गए दिल्लीतिर ?



काठमाण्डौँ । बहावाला गृहमन्त्री बालकृष्ण खाँणलाई एक शव्द नबोलेरै चुनाव हराउने पूर्वमन्त्री तथा राप्रपा नेता दिपक बोहोरा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । आज अपराह्न भिस्तारा एअरको जहाजबाट उनी दिल्ली उडेका हुन् ।

भिस्तारा एयर युके १५६ उडानमार्फत बोहोरा अपराह्न पौने पाँच बजे दिल्ली प्रस्थान गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

गत निर्वाचनमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई हराएर रुपन्देही(२ बाट सांसद चुनिएका बोहोरा पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । कोभिड संक्रमणपछि उनी बोलि नआउने समस्याबाट पीडित बोहोरा राप्रपाबाट मन्त्रीको सम्भावित पात्रका रुपमा पनि चर्चामा थिए ।

यसअघि अमेरिकामा उपचार गराएका उनी उपचारकै सिलसिलामा दिल्ली गएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ५८ बजे