२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

ब्यापारी र व्यवसायी टाँट पल्टँदा ३० अर्ब बढी नाफामा वाणिज्य बैंकहरू 



काठमाण्डौँ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् छ महिना ९पुस मसान्त० सम्म ३० अर्ब १३ करोड खुद मुनाफा कमाएका छन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म उक्त परिमाणमा खुदा नाफा गरेका हुन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ११।८७ प्रतिशतले बढी हो।

उक्त अवधिमा १३ बैंकको नाफा बढ्दा ७ वटाको घटेको सार्वजनिक वित्तीय विवरणले देखाएको छ। प्रभु, सनराइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल बैंकको नाफा घटेको हो।

वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा गरेको छ। बैंकले पुस मसान्तसम्म ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब १८ करोड मुनाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ५६।६७ प्रतिशत धेरै नाफा हो।

पुस मसान्तसम्म कृषि विकास बैंक भने १२ करोड ८९ लाख रुपैयाँ घाटामा छ। बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ मुनाफा गरेको थियो।

त्यसैगरी सिटिजन्स बैंकको मुनाफा पनि घटेको छ। बैंकले पुस मसान्तमा ८४ करोड १३ लाख मात्रै नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब २३ करोड मुनाफा गरेको थियो।

यता सिभिल बैंकको नाफा बढेको देखिएको छ। गत वर्षको तुलनामा बैंकको नाफा बढेर ६३ करोड ७० लाख रुपैयाँ पुगेको हो। गत वर्ष सोही अवधिमा बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

त्यस्तै, एभरेष्ट बैंकले पनि नाफा बढाउन सफल भएको छ। बैंकले पुस मसान्तसम्म १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

अर्को वाणिज्य बैंक ग्लोबल आईएमई बैंकको नाफा पनि बढेको छ। बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ मात्र नाफा गरेको थियो।

हिमालयन बैंकको पनि नाफा बढेको छ। बैंकको नाफा बढेर ९५ करोड ४७ लाख पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७४ करोड ३४ लाख नाफा गरेको थियो।

लक्ष्मी बैंकको पनि नाफा बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८१ करोड ७३ लाख नाफा गरेको थियो।
गत वर्षको सोही अवधिको तुलनामा माछापुच्छ्रे बैंकको नाफा पनि बढेर १ अर्ब २ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो।

यता नेपाल बैंकको नाफा भने घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेर नाफा १ अर्ब १७ करोडमा सीमित भएको हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो।

नेपाल एसबीआई बैंकले पनि उक्त अवधिमा नाफा बढाउन सफल भएको छ। पुस मसान्तसम्म चालू आवमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ७८ करोड २७ लाख रुपैयाँ थियो।

त्यस्तै, एनआईसी एसिया बैंकको नाफा बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको थियो।

एनएमबी बैंकको नाफा बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड नाफा गरेको थियो।

प्रभु बैंकको नाफा भने घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको थियो।

प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड नाफा गरेको थियो।

सानिमा बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब २८ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २ करोड नाफा गरेको थियो।

सिद्धार्थ बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो।

सनराइज बैंकको नाफा घटेको छ। बैंकका नाफा घटेर ६५ करोड ३९ लाखमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले ७४ लाख ५५ करोड नाफा गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंकको पनि यो अवधिमा नाफा बढेको छ। बैंकको नाफा बढेर २ अर्ब ७१ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको थियो।

सेञ्चुरी बैंक, इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र मेगा बैंकले भने दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। यी बैंकहरु भर्खरै मर्जरमा सामेल भएका थिए। ब्यापार र व्यवसाय टाँट पल्टँदा वाणिज्य बैङ्कहरु यसरी नाफामा जानुले सरकारको नियत ब्यापारीको पलायन गराउनु रहेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ४५ बजे