२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रहरीले यसरी रोक्यो सोल्टी होटलमा भइरहेको दुबई प्रोपर्टी मेला



काठमाडौँ ।

दुबई प्रोप्रटी मेला रोकिएको छ। दुबईको रियलस्टेट कम्पनी ड्याम्याकले आयोजना गरेको मेला प्रहरीले रोकेको हो। शनिबारदेखि काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको मेला प्रहरीको हस्तक्षेपमा आज रोकिएको हो।

नेपाल राष्ट्र बैंकले समेत यस्तो मेला आयोजना गर्न नहुने बताएको थियो। विगतमा समेत यस्तो मेला आयोजना हुँदै आएको छ।
आफैँमा नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको भए पनि यस्ता मेला नेपालमा आयोजना हुँदै आएको छ।

राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सूचना नै जारी गरेको थियो।

के छ राष्ट्र बैंकको सूचनामा ?

विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनकोे यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको उल्लेख गरेको छ।

सूचनामा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार [सोसम्बन्धी प्रचारप्रसार समेत] र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु र नगराउनु हुन एवं त्यस्तो कार्य गर्ने र गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : ३८ बजे