११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

स्वास्थ्यमन्त्री गिरीले लिए वर्षमान पुनको अवस्थाबारे जानकारी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

मन्त्री गिरीले आज अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

पनुलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।उपचारमा संलग्न चिकित्सकका अनुसार उनको कलेजोको ८० प्रतिशत भाग बिग्रिसकेकोले प्रत्यारोपण गर्नुपर्नेछ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : २१ बजे